दक्षिण कोरियाली विदेशमन्त्रीको चीन भ्रमणसम्बन्धी चीनको प्रतिकृया

ram naam satya
(GMT+08:00) 2017-11-22 18:51:49

        अमेरिकाले दक्षिण कोरियामा राखेको थाडलाई चीनले विरोध गर्ने अडान परिवर्तन नगरेको चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता लु खाङले व्यक्त गर्नु भएको छ।

दक्षिण कोरियाकी पहिलो महिला विदेशमन्त्री क्युङ्ग व्हा खाङ अहिले चीनको भ्रमणमा रहनुहुन्छ। सो अवसरमा उहाँले चीनसँग थाडबारे कुराकानी गर्नुहुन्छ कि भन्ने पत्रकारको प्रश्नको उत्तर दिँदै प्रवक्ता लु खाङले उक्त कुरा बताउनुभएको हो। उहाँले केही समयअघि चीन र दक्षिण कोरियाले चरणबद्ध रुपमा थाड समस्याको समाधान गर्न केही सहमति सम्पन्न गरेको भन्दै चीनले दक्षिण कोरियाले व्यावहारिक प्रयास गरी सम्बन्धित समस्याको उचित रुपमा समाधान गरेर चीनसँग दुई देशबीचको सम्बन्ध सुधार गर्ने आशा लिएको उल्लेख गर्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *