दक्षिण कोरियाको सामसङ्द्वारा नेपालमा सूचनाप्रविधि क्षेत्रमा सहयोग

ram naam satya
(GMT+08:00) 2017-11-18 14:17:52

सामसङ इलेक्ट्रोनिक्सले सामसङ (दक्षिण कोरिया) ले विभिन्न सीएसआर परियोजनामध्ये सामसङ इम्प्लाई भोलिन्टियर प्रोग्राम आयोजना गर्दै नेपाली युवाहरुलाई सूचना प्रविधिको क्षेत्रमा सहयोग गरेको छ । यसका लागि सामसङ कोरियाबाट २६ जनाको टोलीसमेत नेपाल आएका थिए। महिला उद्यमशीलतालाई सहयोग गर्ने उद्देश्यसहित सामसङ टिमले उनीहरुको लागि ग्राफिक डिजाइनिङ र फोटोसप सम्बन्धी विशेष तालिम पनि प्रदान गरेको थियो।

सले महिला उद्यमशीलताकोसहित उनीहरुको भावी जीवन नै विशेष उपलब्धिे विश्वास सामसङले लिएको छ । सामसङ टिमको प्राविधिक समूहले नेपालका करिव १०० विद्यार्थी र विभिन्न ७ वटा स्कुलका १० जना कम्प्युटर शिक्षकहरुलाई प्रशिक्षण दिएको थियो ।

यसको लागि आवश्यक पर्ने आईटी इक्वीपमेन्टहरु तथा अन्य आवश्यक पर्ने टे्रनिङ म्याटेरियलहरु कोरियाबाटै खरिद गरी ल्याइएको थियो । त्यसपछि विद्यालयमा प्रदान समेत गरिएको छ । यसबाट करिव ७००० भन्दा धेरै विद्यार्थीहरु लाभान्वित हुने विश्वास सामसङले लिएको छ । यस्तै खालको ट्रेनिङ प्रोग्राम अफ्रिकाका मुलुकहरुमा पनि गरिएको थियो यस्तो कार्यक्रम त्यहाँ सफल मात्र भएन, ट्रेनिङ्ग लिएका व्यक्तिहरुको जीवन नै बदलिएको थियो। त्यसैले नेपालमा पनि यो उपगोगी सिद्ध हुनेछ। यो वर्कशप नोभेम्बर महिनाको ११ तारिखदेखि १७ तारिखसम्म सञ्चालन गरिएको थियो । स्थानको छनौट गर्ने सिलसिलामा ज्ञान सिन्धु एकेडेमीलाई छनौट गरिएको थियो ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *