दक्षिण एसियाली सबै मुलुकसँग नेपालको व्यापारघाटा

ram naam satya
(GMT+08:00) 2017-11-17 14:27:04

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आवद्ध सबै सदस्य राष्ट्रसँग नेपालको व्यापार घाटामा छ। सार्कमा नेपालसहित आठ मुलुक सदस्य छन्। नेपालले सातवटै मुलुकसँग घाटाको व्यापार गरिरहेको नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाउँछ।

गएको आर्थिक वर्ष भारतसँग पाँच खर्ब ९९ अर्ब ७८ करोड रुपैयाँ व्यापार घाटामा छ। भारतबाट ६ खर्ब ४१ अर्ब ४२ करोडको वस्तु नेपाल भित्रिँदा ४१ करोड ६४ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो। नेपालको कुल व्यापारको करिब दुई तिहाई हिस्सा भारतसँग हुने गरेको छ।

तीन वर्षअघि अफगानिस्तानसँग नेपालको व्यापार एक अर्ब ५९ करोड रुपैयाँ नाफामा थियो। तर गत वर्षसम्म आइपुग्दा व्यापार घाटा बढेको छ। बंगलादेशसँगको व्यापार घाटा उछालिँदै गइरहेको छ। तीन वर्षअघि एक अर्ब ६४ करोड रहेको घाटा गत वर्ष तीन अर्ब १८ करोड पुगेको छ। पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्ससँग सानो आकारमा व्यापार भए पनि घाटामै छ। सार्क मुलुकमा सबैभन्दा थोरै कारोबार माल्दिभ्सँग हुन्छ। गत वर्ष माल्दिभ्सँग कुनै व्यापार भएको देखिँदैन। अघिल्लो वर्ष तीन लाख व्यापार घाटा भएको थियो। माल्दिभ्सबाट साढे तीन लाखको वस्तु भित्रिँदा नेपालबाट ५० हजारको निर्यात भएको तथ्यांकमा छ।

अन्नपूर्ण पोस्टका अनुसार राजधानीमा भएको दसौं सार्क आर्थिक शिखर सम्मेलनमा व्यापारको विषयले बढी चर्चा पायो। सार्क मुलुकबीच व्यापार सहजीकरणका लागि सामूहिक प्रयास थालिनुपर्ने अधिकांशको सुझाव थियो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *