दक्षिण एशियाली राष्ट्रका व्यवसायीहरुको सम्मेलन नेपालमा हुने

ram naam satya
(GMT+08:00) 2017-12-10 14:15:54

    दक्षिण एशियाली राष्ट्रका व्यवसायीहरुको आगामी चैत ३ गते नेपालमा सभा हुने भएको छ। सार्क चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रि (सीसीआइ)ले काठमाडौंमा ३ दिने उच्च स्तरीय सभा हुन लागेको हो।

सीसीआइले व्यवसायीक नेतृत्वहरु जमघट गर्दै आयोजना गर्ने यस्तो सभाको छैठौं संस्करण नेपालमा हुन लागेको हो। नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा हुने यो सभामा सार्कका मुलुकहरुबाट व्यवसायीहरुले प्रतिनिधित्व जनाउने भएका छन्।

सार्क सीसीआइका अध्यक्ष समेत रहेका नेपाली व्यवसायी सुरज वैद्य यसै शिलशिलामा पाकिस्तानमा रहनुभएको छ। उहाँले सीसीआई पाकिस्तान च्याप्टरका उपाध्यक्ष इफ्तिकार अलि मलिकसँग शुक्रवार भेट गर्नुभएको अनलाइन खबरले लेखेको छ।

वैद्यले आर्थिक वृद्धिको लागि नयाँ नीति बनाउन हतार भइसकेको बताउनुभयो। यसपालीको लागि सभाको नारा ‘आर्थिक एकिकरणबाट सम्वृद्धीको बिजारोपण’ भन्ने रहेको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *