दक्षिण अफ्रिकाका राष्ट्रपतिद्वारा जाकोबद्वारा राजीनामाको घोषणा

ram naam satya

दक्षिण अफ्रिकाका राष्ट्रपति जाकोव जुमाले हिजो फेब्रुअरी चौध तारिख राजधानी प्रिटोरियामा राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै राष्ट्रपति पदबाट राजिनामा गर्ने घोषणा गर्नुभएकोछ।

तीस मिनेटको सम्बोधनमा उहाँले दक्षिण अफ्रिकाका सत्तारुढ पार्टी अफ्रिकी नेशनल कांग्रेसद्वारा आफूलाई तुरुन्तै राजिनामा गर्न गरेको आग्रहबाट चाहिँ राजीनामा नदिएको स्पष्ट पार्नु भएको छ। उहाँका अनुसार आफ्नो कारणले अफ्रिकी नेशनल कांग्रेसलाई गलत बाटोमा लानुहुँदैन भन्दै आफूले राष्ट्रपति पदबाट राजिनामा गरेको बताउनु भएको छ। उहाँले निरन्तर रुपमा पार्टीका लागि सेवा गर्दै जनताका लागि हितकर हुने योजनालाई प्रवर्द्धन गर्दै जाने प्रतिवद्धता पनि व्यक्त गर्नु भएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *