

थ्यान चिन पिन हाइ विज्ञान प्रविधि पार्क थ्यान चिनको पै थाङ्ग क्षेत्रमा पर्दछ। पैचिङ दक्षिण रेलवै स्टेशनबाट यहाँ एक घण्टामा पुग्नसकिन्छ।
सन् २०१६ को नोभेम्बरदेखि यहाँ विज्ञान प्रविधि पार्कको स्थापना गरेयता एक हजारभन्दा बढि प्राविधिक व्यवसायीहरूले यसलाई आफ्नो कर्मथलो बनाएका छन्।


तर दश वर्षअघि पैथाङ क्षेत्र सानो माछा गाउँको रूपमा थियो। सन् २००८ देखि थ्यान चिन सरकारको प्रयासबाट यहाँ ठूलो परिवर्तन भएको छ र यो पार्क थ्यान चिनको विकासको नमूना बनिसकेको छ।
