थारू जातिको पर्यटन विकासका लागि महोत्सव

ram naam satya
थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले महोत्सव २०७४ सञ्चालन गर्ने भएको छ। ‘संरक्षण सम्बर्द्धनके लाग सक्कु जाने करी काम,संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ यही पुस १९ गते देखि २३ गतेसम्म ‘थारु होमस्टे गाउँ भादा महोत्सव २०७४’ सञ्चालन गर्ने भएको हो।

थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नरायण चौधरीले विहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव बारे जानकारी दिनुभयो।

उहाँले महोत्सवको तयारी तीव्र गतिमा भइरहेको बताउँदै महोत्सव आयोजनाका लागि विभिन्न कमिटीहरु समेत गठन गरिएको जानकारी दिनुभयो। त्यसका लागि ११ वटा उपसमिति गठन गरी कामको जिम्मेवारी बाँडफाँड गरिएको पनि उहाँले जनाउनुभयो।

संयोजक चौधरीले थारु कला, संस्कृति, भेषभुषा र खानपान लोप हुन लागेको अवस्थामा युवा पुस्तालाई जानकारी दिने उद्देश्यले हरेक वर्ष महोत्सवको आयोजना गर्ने गरेको बताउनुभयो। संयोजक चौधरी थारु समुदायलाई मात्रै नभएर गैरथारु समुदायका मानिसहरुलाई समेत थारु संस्कृतिको बारेमा जानकारी दिने महोत्सवको मुख्य उद्देश्य रहेकेा बताउनुभयो। अनलाइन खबरका अनुसार २०६८ सालदेखि मनाउँदै आइरहेको भादा महोत्सवको यो सातौ संस्करण हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *