

चिनियाँ राष्ट्रध्यक्ष सी चिनफिङले आज चार तारिख थाईल्याण्डका राजा महा वाचिरालोङकोनको राज्याभिषेकका लागि बधाई सन्देश पठाउनुभएको छ।
उहाँले चीन सरकार र चिनियाँहरुको तर्फबाट राजा र थाईल्याण्डका जनताप्रति सदिच्छापूर्ण र असल शुभकामना दिनुभयो। उहाँका अनुसार चिनियाँहरुको पुरानो साथीको हैसियतले राजा वाचिरालोङकोनले चीन र थाईल्याण्डबीचको मैत्रीपूर्ण कार्यका लागि दीर्घकालीन समर्थन दिनुभएको छ।

राष्ट्राध्यक्ष सीले राजा वाचिरालोङकोनसँग आपसी परम्परागत मित्रता प्रचारप्रसार गर्दै “बेल्ट एण्ड रोड”सहयोगलाई गहन पार्दै जाने आशा गर्नुभएको छ।

