

चीनको राज्य परिषदमातहत थाइवान मामिला कार्यालयका प्रमुख चाङ च च्युनले थाइवान जलडमरुका दुई किनाराको स्थिति अब राजनीतिक गतिरोधमा डुबेको र थाइवान सत्तारुढले त्यसको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने विचार व्यक्त गर्नुभएको छ।

तेह्रौँ राष्ट्रिय जन कांग्रेसको पहिलो अधिवेशन मार्च पाँच तारिख विहान पैचिङमा सुरु भएपछि आयोजित मन्त्री च्यानलमा पत्रकारसँग कुराकानी गर्दै प्रमुख चाङ च च्युनले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, समष्टिगत रुपमा भनेर दुई किनाराबीचको सम्बन्ध अझ जटिल हुँदै गएको छ र थाइवानसम्बन्धी कार्यसमक्ष पनि अझ बढी जोखिम र चुनौती देखा परेको छ। थाइवान सत्तारुढले एक चीन नीति प्रतिबिम्बित सेप्टेम्बर दुई तारिखको सहमति अस्वीकार गरेको भन्दै उहाँले बाहिरी दलहरूबाट पनि त्यसमा बढी हस्तक्षेपको अवस्था देखिनुको मुख्य कारण रहेको उल्लेख गर्नुभयो। साथै उहाँले ती नकारात्मक तत्वबाट दुई किनाराबीचको सम्बन्ध अघि बढ्ने पाइलाको निम्ति अवरोध हुन नसक्ने साथै दुई किनारबीचको शान्तिपूर्ण एकीकरण प्रकृयामा कुनै पनि परिवर्तन गर्न नसकिने आफ्नो ठहर रहेको पनि व्यक्त गर्नुभयो।
