थाइफिङ थ्यान को आदोलन-2

ram naam satya

सन् 1850 को अन्त्यदेखि 1851 को सुरूसम्म हुङ स्यौछ्वान, याङ स्यौछिङ, फेङ युनशानलगायतका व्यक्तिको नेतृत्व समूहले क्वाङ सी क्षेत्रीय चिन थ्यान गाउँमा छिङ सरकारविरोधी सशस्त्र विद्रोह गरेर थाइफिङ थ्यान को अर्थात शान्ति स्वर्गीय राज्यनामक शासनको स्थापना गरे। सन् 1852 मा थाइफिङ सेनाले क्वाङ सीबाट हु नान क्षेत्रमा प्रवेश गरेर सरकारको विरोध गर्ने लक्ष्यलाई स्पष्ट पार्‍यो। सन् 1853 मा थाइफिङ सेनालेले नान चिङ शहरको कब्जामा लिएर त्यहाँ थ्यान चिङको स्वरूपमा राजधानीको निश्चित गर्‍यो। त्यसपछि छिङ सरकारसँग टकराव गर्ने किसानको शासन स्थापना भयो।

तर उक्त शासनको अवस्था ज्यादै राम्रो भएको बेलामा नेतृत्व समूहभित्र द्वन्द्व चर्कन थाल्यो।

सुरूमा पूर्व राजा याङ स्यौछिङले सर्वोच्च थ्यान वाङ राजा हुङ स्यौछ्वानको अधिकार आफूले प्राप्त गर्न खोजे। पूर्व राजा वै छाङह्वीले थानवाङ राजाको आदेशको पालना गरेर पूर्व राजा याङ स्यौछिङको परिवार र फौजलाई मारिदियो। बाहिरबाट फर्केको यी राजा श दाखाइले उक्त आपसी हत्या गतिविधिको असमर्थन गरेको हुनाले लाखौंलाख फौजको नेतृत्व गरेर अरू क्षेत्रमा युद्ध गरे। उक्त घटनाले थाइफिङ थ्यान कोको भित्री एकतामाथि क्षेति पुग्यो साथै सैन्य शक्ति पनि कमजोर भयो।

सो अवसरमा छिङ सरकारले पनि विभिन्न क्षेत्रमा सशस्त्र शक्तिको गठन गरेर विद्रोही सेनासँग संघर्ष गर्‍यो। त्यसमध्ये हुनान क्षेत्रमा स्याङ सेना र आनह्वी क्षेत्रमा ह्वाइ सेना सबैभन्दा नामी थिए।

सन् 1864 मा हुङ स्यौछ्वानको निधन भएर उनको छोराले नेतृत्व लिए। अगष्ट महिनामा स्याङ सेनासँगको युद्धमा थाइफिङ थ्यान कोको राजधानीले हार खायो। विद्रोही सेनाका नेताहरूलाई सरकारी सेनाले पक्राउ गर्दै हत्या गरिदियो। थाइफिङ थ्यान को अर्थात थाइफिङ साम्राज्यको स्वर्ग आन्दोलन असफल हुँदै समाप्त भयो।

थाइफिङ थ्यान कोको शासन 14 वर्षसम्म रहेर पुरानो किसान युद्धको शिखरमा पुगेको थियो। थाइफिङ थ्यान कोको सशस्त्र शक्तिले क्वाङ सी, हुनान, हुपै, च्याङसी, आनह्वी, च्याङसु, हनानलगायत 18 प्रान्तीय क्षेत्रका करिब 6 सय शहरमा फैलिएको थियो। यो चीनको इतिहासमा पहिलोपटक दक्षिणी भागबाट सुरू भएर पूरै चीनमा प्रभावित किसान युद्ध थियो। यो विश्वको इतिहासमा पनि महत्वपूर्ण किसान युद्ध हो। नयाँ परिस्थितमा भएका हुनाले त्यससँग धेरै नयाँ विशेषता थिए। उदाहरणका लागि यो चिनियाँ किसान विद्रोहलाई पहिलोपटक चिनियाँ तथा विदेशी शक्तिद्वारा दमन गरिएको थियो। यो पहिलोपटक पश्चिको धर्मद्वारा सुरू भएको किसान विद्रोह पनि हो। यो चीनको इतिहासमा पहिलोपटक पूँजीवाद तथा साम्राज्यवादको आक्रामकताको विरोध गर्ने किसान युद्ध पनि हो। यो अनेकन कार्यक्रम, परिपाटी र नीति आदि विषयको प्रस्तुत गर्ने पहिलोपटक किसान युद्ध हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *