त्रिभुवन विमानस्थल हुँदै साढे ६३ अर्बको आयात

त्रिभुवन विमानस्थल हुँदै साढे ६३ अर्बको आयात

ram naam satya

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नाका हुँदै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा साढे ६३ अर्ब रुपैयाँको सामान आयात भएको छ। यो ६ महिनाको कुल आयात रकमको ११ प्रतिशत रहेको अन्नपूर्ण पोष्ट पत्रिकाले लेखेको छ। यस अवधिमा मुलुकभरका नाकाबाट पाँच खर्ब ३५ अर्ब पाँच करोड ५१ लाख ९८ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ। यसमा ६३ अर्ब ४५ करोड ४७ लाख ७७ हजार रुपैयाँ बराबरको सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै नेपाल आएको भन्सार विभागको तथ्यांक छ।

चालु आवकै पुस मसान्तसम्ममा त्रिभुवन विमानस्थल भन्सार कार्यालय हुँदै ११ अर्ब ५९ लाख ३४ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ। ६ महिनामा त्रिभुवन विमानस्थल हुँदै निर्यात भएको सामानको हिस्सा कुल निर्यातको २८ प्रतिशत हो।

यसै अवधिमा नेपालबाट विश्वका विभिन्न देशमा कुल ४१ अर्ब १७ करोड ७० लाख सात हजार रुपैयाँ बराबरको सामान निर्यात भएको थियो। त्रिभुवन विमानस्थल भन्सार हुँदै सबैभन्दा बढी औषधिजन्य वस्तुको आयात भएको छ। ६ महिनामा तीन अर्ब २० करोड रुपैयाँभन्दा बढीको औषधि विमानस्थल हुँदै नेपाल आएको छ।यसै अवधिमा भैरहवा नाका हुँदै एक खर्ब एक अर्ब दुई करोड ८३ लाख ६४ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ।

चालु आवकै ६ महिनामा सबैभन्दा बढी सामान वीरगन्ज भन्सार नाकाबाट आयात भएको छ। यस अवधिमा वीरगन्ज भन्सार नाका हुँदै एक खर्ब ८० अर्ब ३८ करोड ४६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान आयात भएको छ।यस अवधिमा विराटनगर नाका हुँदै ६४ अर्ब ६१ करोड, सुक्खा बन्दरगाह हुँदै ५७ अर्ब ९६ करोड, गौर नाकाबाट ७८ लाख २० हजार, जलेश्वर नाकाबाट चार अर्ब ८४ करोड, जनकपुर नाकाबाट ५८ करोड ६७ लाख र कैलाली नाकाबाट सात अर्ब ४९ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ।

यसैगरी कञ्चनपुर नाकाबाट ६१ करोड ५५ लाख, कृष्णनगर नाकाबाट १० अर्ब ८१ करोड, मेची नाकाबाट १४ अर्ब ८२ करोड, नेपालगन्ज नाकाबाट १९ अर्ब ९० करोड, रसुवागढी नाकाबाट सात अर्ब २० करोड, सिरहाबाट ६ करोड ६५ लाख, सुनसरी नाकाबाट एक अर्ब २३ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ।

निर्यातमा अब्बल विराटनगर नेपालबाट निर्यात हुने सामानमध्ये सबैभन्दा बढी विराटनगर नाकाबाट भएको छ। चालु आवको ६ महिनामा विराटनगर नाकाबाट १२ अर्ब २८ करोड ५७ लाख ३५ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ।विराटनगर नाकाबाट निर्यात भएको सामानको रकम कुल निर्यात रकमको ३० प्रतिशत हुन आउँछ।

सोही अवधिमा नेपालबाट कुल ४१ अर्ब १७ करोड ७० लाख सात हजार रुपैयाँ बराबरको सामान विभिन्न नाका हुँदै निर्यात भएको थियो।यसैगरी दोस्रो बढी सामान निर्यात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थबाट भएको छ। चालु आवको ६ महिनामा भएको कुल निर्यात रकमको २८ प्रतिशत निर्यात विमानस्थलबाट भएको छ। यहाँबाट ११ अर्ब ५९ लाख ३४ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ।

चालु आवको ६ महिनामै तेस्रो बढी सामान निर्यात वीरगन्ज भन्सार नाकाबाट भएको छ। यस अवधिमा वीरगन्ज भन्सार नाकाबाट सात अर्ब चार करोड ७१ लाख ११ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ।वीरगन्ज भन्सार नाकाबाट भएको निर्यात रकम कुल निर्यातको हिसा १७ प्रतिशत हुन आउँछ।

यसैगरी चोथौ बढी सामान निर्यात मेची भन्सार नाकाबाट भएको छ।६ महिनामा मेची भन्सारबाट तीन अर्ब ७९ करोड ७८ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ। यो कुल निर्यात रकमको नौ प्रतिशतभन्दा बढी हो।यसैगरी सुक्खा बन्दरगाहा हुँदै दुई अर्ब २१ करोड १७ लाख ६० हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ।

भैरहवा नाकाबाट चालु आवको पुससम्ममा एक अर्ब ५९ करोड ९६ लाख ८४ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ।यो कुल निर्यातको चार प्रतिशत हुन आउँछ हो। उत्तरतर्फको रसुवा नाका हुँदै एक अर्ब सात करोड ७१ लाख ४२ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ।

यसैगरी कैलाली नाकाबाट ३४ करोड पाँच लाख ४० हजार, कञ्चनपुर नाकाबाट एक करोड ३० लाख ५१ हजार, गौर नाकाबाट एक लाख ४३ हजार, कृष्णनगर नाकाबाट २० करोड ६६ लाख ५५ हजार, नेपालगन्ज नाकाबाट ९३ करोड ४१ लाख ३९ हजार र सुनसरी नाकाबाट पाँच करोड ९८ लाख ८१ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको छ। तर, जलेश्वर, जनकपुर र सिरहा नाकाबाट भने निर्यात भएको छैन।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *