त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको विमान दुर्घटना ४९ जनाको मृत्यु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको विमान दुर्घटना ४९ जनाको मृत्यु

ram naam satya

काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बंगलादेशको यात्रुवाहक विमान दुर्घटनामा परेको छ। एयर बङ्लाको विमान अवतरणका क्रममा रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। विमानमा ६७ यात्रु रहेको र चारजना चालकदलका सदस्य थिए। दुर्घटनामा ४९ जनाको मृत्यु भएको समाचारमा उल्लेख छ। दुर्घटना स्थलमा २८ जनाको शव संकलन गरिएको छ भने ३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिनु भएको अनलाइन खबरले लेखेको छ। मृतकको संख्या बढ्न सक्ने जनाइएको छ।

दुर्घटनामा परेसँगै विमानमा आगलागी भएको थियो। विमानमा रहेका यात्रुको उद्धारका लागि विमानस्थलका कर्मचारी, सुरक्षा निकाय र दमकल परिचालन गरिएको थियो। उद्दार गरिएकाहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बंगलादेशको ढाकाबाट काठमाडौँ आएको विमान दिँउसो २ बजेर २० मिनेटमा अवतरण गर्ने क्रममा रनवेबाट बाहिर गई दुर्घटनामा परेको हो। सो विमानमा ३३ जना नेपालीहरु सवार रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *