

तेस्रो चीन-पाकिस्तान आर्थिक करिडोर सञ्चार-माध्यम मञ्च नोभेम्बर 27 तारिख पाकिस्तानको राजधानी इस्लामावादमा आयोजना भएको छ। चीन र पाकिस्तान यी दुबै मुलुकका सञ्चार-माध्यमहरूका प्रतिनिधिहरू, विशेषज्ञहरू, विद्वानहरू लगायतका एक सय जना उक्त मञ्चमा सहभागी भएका छन्।
पाकिस्तानका लागि चिनियाँ राजदूत याउ चिङले उक्त मञ्चमा चीन-पाकिस्तान आर्थिक करिडोरको निर्माण शुरु भएयता चीन र पाकिस्तानको समर्थनमा उपलब्धि र राम्रो भविश्य देखिएको कुरा बताउनुभयो। साथै उहाँले सञ्चार-माध्यमले दुई मुलुकका सरकारहरू र जनताहरूको पारस्परिक समझदारीलाई बढाएको र दुई मुलुकको सम्बन्धलाई सबल पारेको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा बताउनुभयो।

पाकिस्तानी सँसदअन्तर्गत चीन-पाकिस्तान आर्थिक करिडोर समितिका अध्यक्ष मुशाहिद हुस्सेनले उक्त मञ्चमा चीन-पाकिस्तान आर्थिक करिडोर आर्थिक करिडोर भएको मात्र नभई साँस्कृतिक करिडोर र सूचना करिडोर पनि भएको भन्दै दुई मुलुकका सञ्चार-माध्यमलगायतका जन स्तरको आदान-प्रदानलाई बढाउनु निकै महत्वपूर्ण भएको कुरा बताउनुभयो।
