तेश्रो ठूलो पर्यटकीय गन्तव्य सौराहामा १४ औं हात्ति महोत्सव हुने

ram naam satya
      नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा १४ औं हात्ति महोत्सव हुने भएको छ। आगामी पुस ११ गते देखि १५ गते सम्म १४ औं चितवन हात्ती महोत्सव हुने आयोजकले शनिवार सौराहामा पत्रकार सम्मेलन गरि जानकारी दियो।

        समाज, संरक्षण र समृद्धि’भन्ने नाराका साथ हुने हात्ति महोत्सवले सौराहाको आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित र वृद्धि गर्ने अपेक्षा गरिएको छ। यस बर्ष महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फाष्टवाक प्रतियोगिता, हात्तीको छावाहरुको फुटवल प्रतियोगिता, हात्ती श्रृगार प्रतियोगिता महोत्सवको आर्कषण रहेका छन्। त्यसैगरी, हात्ती पोलो प्रतियोगिता, हात्ती पेन्टीङ प्रतियोगिता, हात्ती वार्थिङ कार्यक्रमका साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विविध साँस्कृतिक कार्यक्रम समेत राखिएको अनलाइन खबरले जनाएको छ।

क्षेत्रीय होटल संघ चितवन सौराहाले अंग्रेजी नयाँ बर्षलाई मध्यनजर गरी डिसेम्वर २६ देखि ३० तारिखसम्म हात्ती महोत्सव गर्दै आएकेा छ। चितवनको पर्यटकीय नगरी सौराहाको पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले महोत्सवको आयोजना गर्न लागिएको हो। महोत्सवमा संरक्षणको क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कृत र सम्मान समेत गरिने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरले जानकारी दिनुभयो।

गएको साउन २८ र २९ गते आएको बाढिले करोडौंको क्षति भोगेको सौराहाले पर्यटकहरुलाई नवनिर्मित सौराहा देखाउनका लागि हात्ति महोत्सव एक अवसर हुने क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *