तेईसौं हिउँदे ओलम्पिक सम्पन्न समारोहलाई चिनियाँ राष्ट्राध्यक्ष सीको भिडियो सम्बोधन्

ram naam satya

तेईसौं हिउँदे ओलम्पिक खेल्कुद समारोह हिजो फेब्रुअरी पच्चीस तारिख राति दक्षिण कोरियाको प्योङछाङ ओलम्पिक रङ्गशालामा सम्पन्न भएको छ। चीन आगामी हिउँदे ओलम्पिक खेल्कुद समारोहको अध्यक्ष मुलुक भएकाले समापन समारोहमा ‘सन् 2022 मा पैचिङमा आउनुहोस्’ शीर्षकमा आठ मिनेटको प्रदर्शन गरिएको थियो। चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले भिडियोबाट सारा विश्वलाई निमन्त्रणा गरी सन् 2022 मा पैचिङमा आउन आव्हान गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गका विशेष प्रतिनिधि एवं चीनको राज्य परिषद्का उपप्रधानमन्त्री लिउ यान तुङ्ग समापन समारोहमा उपस्थित हुनुहुन्थ्यो।

यस पटकको खेलकूद समारोहमा नर्वे र जर्मनीले चौधवटा स्वर्ण पदक जितेर पदक सूचीमा पहिलो स्थान लिएका छन्। पदक सूचीमा नर्वेले जम्मा 39 वटा पदक जितेर सूचीको पहिलो स्थानमा पर्नुका साथै अध्यक्षा मुलुक दक्षिण कोरियाले सत्रवटा पदक जितेर छैटौँ स्थान लिएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *