तृप्ती खड्काको “माया नै माया छ” चर्चामा

ram naam satya

चर्चित गायिका तृप्ति खड्का गुरुङ तथा अर्का चर्चित गायक मिलन लामाको सुमधुर आवाज रहेको “माया नै माया छ” बोलको गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्बजानिक भएको छ। बिगत आधा दशक देखि हिट तथा चर्चित गितहरु गाएर नेपाली सांगीतिक बजारमा चर्चा बटुल्न सफल गायिका तृप्ति खड्का गुरुङ र अर्का सुमधुर आवाजको धनि गायक मिलन लामाको स्वर रहेको यस गीतले पनि चर्चा बटुलिरहेकाे छ।

गायक मिलन लामाको शब्द तथा संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई निर्देशक शिब बिकले निर्देशन गरेका हुन। चितवनको रमणीय स्थानहरुमा छायांकन गरिएको यस भिडियोलाई रबिन्द्र बरालले छायांकन गरेका हुन। मोडल बिजय गुरुङ, बिष्णु चेमजोङ तथा गायक मिलन लामाको अभिनय रहेको यस म्युजिक भिडियोलाई बिन्ध्याबासिनी म्युजिक प्रालिले बजारमा सार्वजनिक गरेको छ। भिडियो हेर्नुहोस :

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *