तिब्बती सांस्कृति प्रदर्शनी शुरु

ram naam satya

तिब्बती सांस्कृति प्रदर्शनी शुरु

२०७४ कार्त्तिक २ काठमाडौं ।

तिब्बती सांस्कृतिक सम्पदा सम्बन्धि अन्र्तराष्ट्रिय डिजिटल कला प्रदर्शनी शुरु भएको छ । चिनियां सरकारी समाचार संस्था सिन्ह्वाको काठमाडौ ब्यूरो र चाइना मोबाइल तिब्बत कम्पनीको संयुक्त आयोजनामा प्रदर्शनी शुरु भएको हो । काठमाडौ महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यले सो प्रदर्शनीको उद्घाटन गरेका हुन् । प्रदर्शनीको उद्घाटन गर्दै मेयर शाक्यले यस खालका प्रदर्शनीबाट दुवै देशका कलाकारबीचको सम्पर्क र सहकार्य बढ्न गइ त्यसबाट नेपाल र चीनबीचको जनस्तरको सम्बन्ध विस्तार हुने बताएका छन् । उनले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन यस खालका प्रदर्शनी महत्वपूर्ण हुने बताए । कार्यक्रममा चिनियां दूतावासका सांस्कृतिक सहचारी चाङ् बिङ्ले हालैका दिनमा नेपाल र चीनबीचको सम्बन्ध गहिरिंदै गएको बताए । उनले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्ध विस्तारका लागि यस खालका प्रदर्शनी उपयोगी हुने बताए ।

कार्यक्रममा सिद्दार्थ आर्ट ग्यालरीकी निर्देशक संगिता थापाले भूकम्पले क्षतिग्रस्त बनाएका सांस्कृतिक सम्पदालाई भर्चुअल रियालिटी प्रबिधीका माध्यमबाट विश्वभर प्रचार प्रसार गरी प्रबर्धन गर्न सकिने बताइन् । ‘सांस्कृतिक सम्पदाको जगेर्ना गर्न भर्चुअल रियालिटी प्रबिधी महत्वपूर्ण हुनसक्छ । चीन र नेपालबीच यस संबन्धमा आगामी दिनमा सहकार्य गर्न सकिन्छ’ उनले भनिन् । नेपाल ललितकला प्रतिष्ठानकी कूलपति रागीनी उपाध्यायले डिजिटल प्रबिधीका माध्यमबाट विश्वको कुनै पनि एक स्थानको संस्कृति अर्को स्थानमा सहजै सार्न तथा प्रचार गर्न सम्भव भएको बताइन् । उनले नेपाल र चीनबीच कलाकारबीच भ्रमण आदान-प्रदान भइरहेको बताउंदै आगामी दिनमा यस खालका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताइन् । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक सुनिल शर्माले भर्चुअल रियालिटी प्रविधिका माध्यमबाट सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकासमा महत्वपूर्ण काम गर्न सकिने बताउंदै प्रदर्शनीको सफलताको कामना गरे ।

चार दिनसम्म चल्ने प्रदर्शनीमा डिजिटल प्रबिधिमा आधारित भर्चुअल रियालिटीका माध्यमबाट चीनको स्वशाषित क्षेत्र तिब्बतका संस्कृति, कला र चित्रकलाको अवलोकन गर्न सकिने ब्यबस्था मिलाइएको छ । प्रदर्शनीमा भर्चुअल रियालिटीका माध्यमबाट तिब्बतका मनोरम पर्यटकीय तथा सांस्कृतिक सम्पदा, पहिरन, परम्परा, हिमाल, पहाड लगायतको प्रतिबिम्ब देख्न सकिने बताइएको छ । प्रदर्शनीमा सहभागि हुन चीनबाट १० जना डिजिटल प्रबिधिका विज्ञ टोली काठमाडौ आएका छन् । यही खालको यसअघि प्रदर्शनी थाइल्याण्ड र रुसमा आयोजना गरिसकिएको जानकारी गराउन चाहन्छौं । ‘प्रदर्शनीमा तिब्बतका पर्यटकीय स्थलहरु न्याङ्ची, नाग्री, मानसरोवरका मनोरम दृष्यलाई भर्चुअल रियालिटी प्रबिधिका माध्यमबाट तिब्बत नै पुगेर हेरेको झैं अनुभव गर्न सकिन्छ’ चिनियां समाचार संस्था सिन्ह्वाका काठमाडौ प्रमुख चाओ सेङपिङ्ले प्रदर्शनको उद्घाटन सत्रमा भने ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *