तिब्बती निमा जिल्लामा 4.7 स्केल भूकम्प

ram naam satya
(GMT+08:00) 2017-11-21 17:35:14

चीनको भूकम्प नेटवर्क केन्द्रका अनुसार, नोभेम्बर एकाइस तारिख दुई बजेर छब्बीस मिनेट जाँदा तिब्बती नाछ्यु क्षेत्रको निमा जिल्लामा 4.7 रेक्टर स्केलको भूकम्प गएको छ। सो भूकम्पको गहिराइ सात हजार मिटर रहेको छ। यसअघि लिन्ची क्षेत्रमा 6.9 रेक्टर स्केलको भूकम्प गएपछि तिब्बतको अर्को क्षेत्रमा उच्च स्केलको भूकम्प गएको हो। मानवरहित क्षेत्रमा भूकम्प गएकाले स्थानीय सर्वसाधारणमा भूकम्पको खासै प्रभाव परेको छैन।

पशुपालन उद्योगमा आधारित निमा जिल्ला उत्तरी तिब्बतमा पर्छ भने औसत समुद्र सतह चार हजार नौ सय मिटरभन्दा बढी रहेको छ। निमा जिल्ला सरकारका अनुसार, मानवरहित क्षेत्रमा भूकम्प गएको छ र त्यहाँ पशुपालक बसेका छैनन्। साथै गाई भैँसीलगायत पशुधनमा पनि प्रभाव परेको छैन। जिल्लामा भूकम्पको अनुभव स्पष्ट नभएको पनि जनाइएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *