तिब्बतमा ४ अर्ब ४० करोड मेगावाट विजुली आपूर्ति

ram naam satya
गत डिसेम्बर २० तारिखसम्म छिङहाइ-तिब्बत संयुक्त विजुली नेटवर्क परियोजनाबाट तिब्बतलाई पठाइएको विजुलीको परिमाण ४ अर्ब ४४ करोड ५० लाख मेगावाट पुगिसकेको छ।

छिङहाइ-तिब्बत संयुक्त विजुली नेटवर्क परियोजना छिङहाइ प्रान्तीय सदरमुकाम सिनिङदेखि पश्चिममा तिब्बतको ल्हासासम्म पुगेको छ। यसको दूरी २ हजार ५ सय ३० किलोमिटर छ। सो परियोजनाको औसत उचाइ समुद्र सतहदेखि ४ हजार ५ सय मिटर छ। यो विश्वकै सबभन्दा उच्च ठाँउमा भएको बिजुली ढुवानी परियोजना पनि हो।

सन् २०११ मा संचालनमा आएको सो नेटवर्कबाट तिब्बतको विजुली नेटवर्क र उत्तर पश्चिमी (छिङहाइ) बिजुली नेटवर्क जोडिएको साथै तिब्बतमा बिजुली नेटवर्क एकल रूपमा संचालनमा भएको इतिहासको अन्त्य पनि हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *