

(GMT+08:00) 2017-11-27 15:11:18
हान-तिब्बती जातीय लिपी कला अनुसन्धान प्रतिष्ठान नोभेम्बर छब्बीस तारिख ल्हासास्थित तिब्बत पेशागत प्रविधि क्याम्पसमा उद्घाटन गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।त्यस क्याम्पसले हान जाति र तिब्बती जातिका विभिन्न लिपी कलाको प्रचार-प्रसार र उत्तराधिकार गर्ने तथा सांस्कृतिक आदान-प्रदान र समन्वयलाई अघि बढाउनका लागि एउटा चौतारो उपलब्ध गराउने छ।
जनाए अनुसार, हान-तिब्बती जातीय लिपी कला अनुसन्धान प्रतिष्ठानले हान तथा तिब्बती जातिको लिपीको समायोजन गरेर हान-तिब्बती लिपी कला मिश्रित एक विशेष संस्थाको स्थापना गर्न खोजेको छ।

आगामी दिनहरूमा उक्त अनुसन्धान प्रतिष्ठानको सप्ताहान्त र हिउँदकालीन तथा ग्रीष्मकालीन बिदामा लिपी सम्बन्धी विभिन्न प्रकारका नि:शुल्क तालिमको आयोजना गर्ने योजना रहेको छ।