

तिब्बत स्वायत्त प्रदेशीय उद्योग तथा वाणिज्य संघबाट प्राप्त समाचार अनुसार, गत वर्ष तिब्बतमा एक सय उद्योगले एक सय गाउँलाई सहायता कार्यक्रम संचालन गरेयता तिब्बतका ५ सय ६० वटा गैर-सरकारी उद्योगले त्यसमा संलग्न भएर ५ सय ५१ गरीब गाउँलाई सहयोग गर्न सकेका छन् भने जम्मा गरी 42 करोड ५० लाख चिनियाँ युआन लगानी गरी ३१ हजार जनालाई गरिबीबाट मुक्त गरेका छन्।
थाहा भएअनुसार, तिब्बत स्वायत्त प्रदेशीय उद्योग तथा वाणिज्य संघले संरक्षण प्रणालीमा थप सुधार गरी एक सय उद्योगको एक सय गाउँ सहायता कार्यक्रममा संलग्न गरी अरु बढी गैर-सरकारी उद्योग तथा व्यक्तिलाई प्रेरणा दिएर तिब्बतको गरिबी निवारणमा मद्दत गर्न सक्नेछन्।