डाउन ज्याकेट परम्परागत ट्रेड मार्काद्वारा चीनको पोशाक व्यवसायमा नयाँ दिशा

ram naam satya

गएको हिउँद ऋतुमा चालीस वर्षको इतिहास रहेको चीनको डाउन ज्याकेट ट्रेड मार्काले चीन र अन्तर्राष्ट्रिय बजारमा “वसन्त”को स्वागत गरेको छ। परम्परागत डाउन ज्याकेट ट्रेड मार्का चिनियाँ युवा उपभोक्ताद्वारा मन पराइएको र न्यूयोर्क फेशन शोमा चिनियाँ प्रवाहको प्रचार-प्रसार गरिएको ब्राण्ड हो। चीनको परम्परागत ट्रेड मार्का पो स तङले सफलताका साथ ट्रेण्ड नै बदल्नुको कारण के हो? आजको कार्यक्रममा यसबारे म तपाईंलाई ठोस जानकारी दिन्छु।

हाल विश्वका 72 वटा मुलुकतर्फ बिक्री गरिएको पो स तङ डाउन ज्याकेट विश्वका उपभोक्ता खास गरी युवा उपभोक्ताद्वारा मन पराइएको छ र मान्यता दिइएको छ।

सन् 2018 न्यूयोर्क फेशन शोमा हलिउडका सुपर स्टार एनी ह्याथावे, जेरेमी रेनर, भिक्टोरियाज सेक्रेटका प्रसिद्ध मोडेल एलेसान्द्रा एम्ब्रोसियो लगायतका अन्तर्राष्ट्रिय सुपर स्टारहरूले पो स तङको डाउन ज्याकेट लगाएर मञ्चमा प्रदर्शन गरेका थिए। विगत एक वर्षमा पो स तङको बिक्री मात्रामा 500 प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने खुद्रा-बिक्री रकम दश अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ। ती नयाँ प्रगति हासिल गर्नुअघि सन् 1976 स्थापना भएको पो स तङको सामु पनि ट्रेड मार्का पिछडिनुको चुनौती देखापरेको छ।

पो स तङको ट्रेड मार्का बदल्ने रणनैतिक सल्लाहकारको हैसियतमा च्युन च परामर्श कम्पनीका महाप्रबन्धक स्य वै शानले हाल सन् 2019 चीनको पोशाक मञ्चमा परम्परागत ट्रेड मार्काको नवीकरणको आधार प्रतिस्पर्धा रणनीतिको स्थापना गर्नु भएको बताउनुभयो। उहाँले भन्नुभयो “पो स तङको नवीकरणबाट प्राप्त भएको सफलता सबै उद्योग-व्यवसायद्वारा सिक्नसकिने छ। उपभोक्ताको मनमा पो स तङ विश्वमा लोकप्रिय डाउन ज्याकेट हो भन्ने कसरी जानकारी लिने छ त? उद्योग-व्यवसाय संचालन हुने सबै रणनीतिमा परिवर्तन हुनुपर्छ।”

पो स तङले नयाँ रणनीतिको स्थापना गरेको छ। पो स तङ मूल्य घटाउने संकर्षमा संलग्न नभएको, तर डिजाइन, बिक्री बाटो, उत्पादित-वस्तु, , प्रचार-प्रसारआदि क्षेत्रहरूमा बदलिएको छ। गत वर्षको अक्टोबर महिना पो स तङले अमेरिका, फ्रान्स, इटालीका अन्तर्राष्ट्रिय डिजाइनरसँग सहयोग गरी नयाँ डिजाइनको डाउन ज्याकेट प्रस्तुत गरेको थियो। साथै पो स तङले परम्परागत कला र आधुनिक प्रविधि मिलाएर डाउन ज्याकेटको वैज्ञानिक स्तरलाई माथि उकासेको छ।

शांगहाई यातायात विश्वविद्यालयका विद्यार्थी स्यु यि मिङ पो स तङको डाउन ज्याकेट किनेका छन्। उनले भने “पहिला मेरो विचारमा पो स तङ बुबाआमाले लगाउने डाउन ज्याकेट हो। हाल नवीकरण गरेपछि पो स तङको डाउन ज्याकेट निकै फेशनवाल लाग्छ। यो ट्रेड मार्का न्यूयोर्क पोशाक फेशन शोमा प्रदर्शन गरिएको छ। चीनको पोशाकले युवाको मागमाथि ध्यान दिनसक्ने, परम्परागत ट्रेड मार्कालाई जीवन्त शक्ति थप्नसकिने आशा मैले लिएको छु।”

हाल विश्वको उपभोग्य-वस्तु क्षेत्रमा प्रसिद्ध चिनियाँ ट्रेड मार्का त्यति धेरै छैन तर केही चिनियाँ “पुरानो ट्रेडमार्का”हरू बदल्ने प्रवृत्ति देखिएको छ। अन्तर्राष्ट्रिय बजारतर्फ राम्रोसँग लम्कनका लागि चिनियाँ उद्योग-व्यवसायले “उद्योग-व्यवसायले उपभोक्ताको चाहनामाथि ध्यान दिनुपर्ने” धारणा लिनुपर्छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *