

पैचिङबाट तीन सय किलोमिटर टाढा रहेको ह पै प्रान्तको सि पाइ पो चीनको क्रान्तिकारी पवित्र भूमि हो। सिपाइपो फिङ शान जिल्लामा रहेको छ। फिङशान जिल्लाले “पर्यावरण संरक्षण र पर्यटन विकास”को रणनीति कार्यान्वयन गरेको छ। पर्यटन क्षेत्रको विकासबाट धेरै युवकहरु आफ्नो क्षेत्रमा फर्किएर स्वरोजगार बनेका छन्।
फिङशान जिल्लाको पर्यटन ऊर्जा श्रोत धेरै छ। सन् 2018 मा फिङशानमा अवलोकन गर्न गएका पर्यटकहरुको संख्या एक करोड सत्तरी लाख पुगेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा 30 प्रतिशतले बढेको हो।

छि ना ना सिपाइपोको ल्याङ च्या कौ गाँउ क्षेत्रका बासिन्दा हुनुहुन्छ। केही वर्ष अघि पैचिङबाट आफ्नो घरमा फर्किएर उहाँले पारिवाहिक होटेल संचलान गर्न थाल्नु भएको छ। होटेल सञ्चालन गर्नुका साथै उहाँले आफ्ना बालबच्चाहरूको हेरचाह गर्दै आउनु भएको छ। उहाँका श्रीमानले पर्यटन बस चलाउने गर्नुहुन्छ र वार्षिक दसौँ हजार चिनियाँ युआन पैसा कमाउनुहुन्छ। उहाँहरुको जीवन गरिबीबाट माथि उठेर राम्रो बनेको छ।

ल्याङ च्या कौका गाउँ समितिका प्रमुख हान च फिङले आफ्नो गाउँ क्षेत्रका लगभग 70 प्रतिशत मान्छेहरु पर्यटन सम्बन्धी काममा लागेको बताउनुभयो। सन् 2018 मा फिङ शान जिल्लाको पर्यटन सम्बन्धी आम्दानी बाह्र अर्ब नब्बे करोड चिनियाँ युआन पुगेको छ जुन अघिल्लो वर्षको तुलनामा 35 प्रतिशतले बढेको हो।
