जोर्डन र टर्कीका विदेशमन्त्रीबीच भेटवार्ता

ram naam satya

“दुई देश योजना” प्यालेष्टाइन तथा इजरेलको भिडन्तको समाधान गर्ने एउटा मात्रै तरिका हो र मध्य-पूर्वी क्षेत्रमा शान्तिको सपना साकार गर्ने केन्द्र स्वतन्त्र प्यालेष्टाइन मुलुकको स्थापना हो, जोर्डनका विदेशमन्त्री आयमान साफादि र टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले 19 तारिख यस्तो धारणा दोहोर्‍याउनुभएको छ।
टर्की विदेशमन्त्री मेभलुटले सोही दिन जोर्डनको भ्रमण गर्दै मन्त्री समकक्षी साफादिसँग भेट-वार्ता गर्नुभएको थियो। भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा प्यालेष्टाइन र इजरेलको परिस्थितिमा जोर्डनको भूमिकाप्रति टर्कीले प्रशंसा र समर्थन गरेको कुरा पनि मन्त्री मेभलुटले बताउनुभयो। अमेरिकाले जेरुसेलम इजरेलको राजधानी भएमा स्वीकार गर्ने निर्णय अप्रत्यासित र अर्थहीन भएको पनि दुवै देशका विदेशमन्त्रीहरूले टिप्पणी गरेका छन्।

त्यसबाहेक सिरिया समस्याको समाधान गर्न राजनैतिक तरिका नै आवश्यक भएकोमा पनि दुवै पक्ष अडिग देखिएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *