जुनिचाँदे गाउँमा फ्लुबाट १४ जनाको मृत्यु

ram naam satya
नेपालको मध्य पश्चिम क्षेत्रमास्थित जुनिचाँदे गाउँमा भएको भाइरस फ्लुका कारण फेरि एक जना साठी वर्षीय वृद्धको मृत्यु भएको छ। बिगत तीन सातामा यो गाउँमा फ्लुबाट १४ जनाको मृत्यु भइसकेको समाचारमा उल्लेख छ।

अहिले सो क्षेत्रमा नेपाल सरकारले चिकित्सकहरु पठाइसकेको छ। केही सामाजिक संगठनहरुले पनि अति संक्रमित फ्लु क्षेत्रका बाल-बालिका तथा बृद्धा-बृद्धहरुलाई कपडा दिएर सहयोग गरेका छन्।

जनवरी १३ तारिखसम्म जुनिचाँदे गाउँका करिब दुई हजार व्यक्तिलाई उपचार गरिएको छ। फ्लु फैलावटको परिस्थिति क्रमश:नियन्त्रणमा आएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *