जिम्बावे समस्याको शान्तिपूर्वक समाधान हुने चीनको आशा

ram naam satya
(GMT+08:00) 2017-11-17 18:30:28

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सत्र तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा जिम्बावेका सम्बद्ध विभिन्न पक्षहरूले आफ्नो देशको दीर्घकालीन तथा मूलभूत हितमा नजर पुर्‍याउँदै शान्तिपूर्ण तवरले समस्याको समाधान गर्नसक्ने आशा चीनले गरेको कुरा बताउनुभएको छ।

हाल जिम्बावेको परिस्थिति आकस्मिक रुपमा परिवर्तित भएकाले विभिन्न पक्षको उच्च महत्व पाएको छ। दक्षिणी अफ्रिकी विकास समुदायका सम्बद्ध मुलुकले अनेकन् समन्वयात्मक कदम चालेका छन्। वर्तमान जिम्बावेको परिस्थितिप्रति चीनले कसरी व्यवहार गर्छ भनी पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिंदै उहाँले उक्त कुरा बताउनुभएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *