जिम्बावेको परिस्थितिप्रति चीनको उच्च ध्यानाकर्षण

ram naam satya

(GMT+08:00) 2017-11-16 18:50:07

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सोह्र तारिख आयोजित नियमित पत्रकार सम्मेलनमा चीनले सधैं नै जिम्बावेको परिस्थितिमा उच्च ध्यान दिनुका साथै सम्बद्ध समस्याको शान्तिपूर्ण तरिकामार्फत समाधान गर्नसकिने आशा गरेको बताउनुभएको छ। जिम्बाबे सम्बन्धी चीनको मैत्रीपूर्ण नीतिमा कुनै परिवर्तन नआएको भन्दै उहाँले चीनले निरन्तर रुपमा समान, आपसी हितयुक्त र साझा जितको सिद्धान्त बमोजिम जिम्बावेसँगको मैत्रीपूर्ण सहकार्यको विकास गर्दै जाने कुरा पनि प्रवक्ता कङले औंल्याउनुभएको छ।

हाल जिम्बाबेको परिस्थितिमा आकस्मिक परिवर्तन देखा परेकाले समस्त अन्तर्राष्ट्रिय समाजको नजर आकर्षित भएको छ। वर्तमान परिवर्तनबाट चीनले जिम्बावेमा लगानी गरेका परियोजनामा असर परेको छ कि छैन भन्ने पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिंदै प्रवक्ता कङले उक्त कुरा बताउनुभएको हो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *