

विभिन्न क्षेत्रमा जापान र चीनको सम्बन्ध अझ विकसित हुने प्रतिक्षामा रहेको कुरा जापानी प्रधानमन्त्री शिन्चो आबेले मे 7 तारिख राति टोकियोमा बताउनुभएको छ।
प्रधानमन्त्री आबेले सोही दिन राति जापानका लागि चिनियाँ राजदुत छङ युङह्वाको विदाइ समारोहमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, मे एक तारिख जापानका नव सम्राटको शपथगहण गरेर रेइवा कालमा प्रवेश गरेको छ। चालु वर्ष नयाँ चीनको स्थापना भएको 70 औं वार्षिकोत्सव हो। राजनीति, अर्थतन्त्र तथा संस्कृतिलगायत विभिन्न क्षेत्रमा जापान र चीनले हातमा हात मिलाएर सम्बन्धको विकास गर्ने आशा उहाँले गर्नुभएको छ।

चीन र जापानबीच शान्तिपूर्ण, मैत्रीपूर्ण र सहयोगी कार्य पुनःसुरू गर्नुका साथै क्रमशः नयाँ विकासहासिल गरिरहेको राजदुत छङले व्यक्त गर्नुभयो। आफू बसाइ गएर छिमेकी फेर्न सके पनि छिमेकी मुलुक सार्न सकिँदैन। चीन र जापानको सम्पर्क क्रमशः घनिष्ट हुनुका साथै आपसी निर्भरता गहिरो हुँदै आपसी राजनीतिक फाइदाजनक सम्बन्ध स्थापना भइरहेको छ।

जापानका पूर्व प्रधानमन्त्री योशिरो मोरी र यासुओ फुकुदालगायत लगभग हजार गन्यमान्य व्यक्ति सो बिदाइ समारोहमा सहभागी थिए।

