जापानी संविधान दिवसमा हजारौं जापानी नागरिकहरू एकत्रित

ram naam satya

हिजो मे तीन तारिख जापानको वर्तमान संविधान लागू भएको 72औं वार्षिकोत्सव हो। जापानी लिबरल डेमोक्रेटिक पार्टीले हिजो वक्तव्य सार्वजनिक गरेअनुसार लिबरल डेमोक्रेटिक पार्टीले संविधान संशोधन सम्बन्धी समस्यामा रहेको नागरिक छलफललाई प्रवर्द्धन गर्दै यस समस्याले कांग्रेसमा व्यापक सहमति जुटाउनका लागि प्रयास गर्दै जानेछ। यसका साथै हजारौं जापानी नागरिकहरुले सोही दिन टोकियोमा एक भेलाको आयोजना गर्दै उक्त 72औं वार्षिकोत्सव मनाउनुका साथै संविधानको नवौं अध्यायको द्दढ संरक्षण गर्न आव्हान गरेका छन्।

जापानी विपक्षी पार्टी,विद्वान,नागरिक लगायत लगभग 65 हजार जनताले यस भेलामा भाग लिँदै संविधान संशोधनको विरोध गरेका छन्। यस भेलापछि नागरिकहरुले टोकियोमा जुलुस प्रदर्शनीको आयोजना गर्दै”युद्धको विरोध”,”संविधानको संरक्षण”भन्ने नारा लगाएका छन्।

जापानको वर्तमान संविधान सन् 1947 मे तीन तारिख लागू भएको हो। यस संविधानको नवौं अध्याय बमोजिम जापानसँग युद्ध गराउने अधिकार छैन। साथै सशस्त्र शक्तिद्वारा अन्तर्राष्ट्रिय विवादको समाधान गर्न पाउँदैन। उक्त लक्ष्यलाई साकार तुल्याउनका लागि जापानले स्थल,वायु,समुद्री सैनिक शक्ति र अन्य लडाकु शक्ति राखेको छैन।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *