

जापानका प्रधानमन्त्री शिन्जो आबेले हिजो जनवरी पाँच तारिख टोकियोमा यो वर्ष जापान-चीन शान्ति तथा मित्रता संधि हस्ताक्षर भएको 40औँ वार्षिकोत्सवका अवसरमा जापान र चीन बीचको सम्बन्ध पर्याप्त सुधार हुने आशा व्यक्त गर्नुभयो।
जापानी संचार माध्यमका अनुसार, गत वर्षको जुलाईपछि आबेले विभिन्न ठाउँमा जापान र चीन बीचको सम्बन्धलाई अगाडि बढाउने इच्छा व्यक्त गर्दै आउनु भएको छ। गत डिसेम्बर उन्नाईस तारिख आबेले टोकियोमा दिनुभएको सम्बोधनमा जापान-चीन शान्ति तथा मित्रताको संधि हस्ताक्षर भएको 40 औँ वार्षिकोत्सवका अवसरमा जापान र चीनका उच्चस्तरीय आदान-प्रदानलाई बढाउने र दुवै मुलुक बीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने बताउनु भएको थियो।
