जस्तै परिस्थितिमा पनि विमल गुरुङको साथ छोड्दैनौ भन्दै गोजमुमो सिक्किमले गऱ्यो राजु विष्टलाई भोट हाल्ने अपिल

जस्तै परिस्थितिमा पनि विमल गुरुङको साथ छोड्दैनौ भन्दै गोजमुमो सिक्किमले गऱ्यो राजु विष्टलाई भोट हाल्ने अपिल

ram naam satya

गान्तोक, 16 अप्रेल। दार्जीलिङ लोकसभा समष्टिको निम्ति गोजमुमो, गोरामुमो, क्रामाकपा समर्थित भारतीय जनता पार्टी (भाजपा) को उम्मेद्वार राजु विष्टलाई जिताउनु भनेको भारतीय गोर्खाहरूको अस्तित्वको जीत हो भन्दै गोजमुमो सिक्किम राज्य शाखाले सिक्किममा कर्मभूमी बनाएर कार्यरत गोर्खालीहरूलाई मतदानको निम्ति जाने अपिल गरेका छन्। देउरालीको एउटा होटलमा गोजमुमो सिक्किम शाखाले आयोजन गरेको एउटा पत्रकार सम्मेलनमा गोजमुमो राज्य अध्यक्ष गणेश छेत्रीले विमल गुरुङलाई कुनै स्वार्थमा समर्थन नगरेर जाति र इमान्दारीताको निम्ति चिन्हारीको माग गोर्खाल्याण्डको एकमात्र नेताको रूपमा आफूहरूले समर्थन गरेको अनि कुनै परिस्थितमा पनि उनको साथ नछोड्ने प्रतिबद्धता जाहेर गरे। लगभग 30 हजारजति सिक्किम कर्मभुमी बनाएर कार्यरत गोर्खाली सन्तानहरूले बङ्गालको तानाशाही नीति, विनय तामाङ र अनित थापाको जाति घाती सम्झौताको विरूद्धमा जवाफ दिनको निम्ति योपालीको चुनाउमा मतदान गर्न सबैजना आफ्नो आफ्नो ठाउँमा पुगिदिने अपिल गरे। यसपाली पनि भाजपालाई जिताउन अनिवार्य रहेको अनि भाजपाप्रतिमात्र अब आस्था रहेको जानकारी गराउँदै अध्यक्ष छेत्रीले गोजमुमो अध्यक्ष विमल गुरुङसित हुने बेलाबखतको कुराकानीमा पनि आफूहरू भाजपाप्रति नै आस्थावान रहेर गोर्खाको भविष्यको निम्ति काम गर्न प्रतिबद्ध रहेको बताए।
यसैगरि पत्रकारहरूलाई गोजमुमो सिक्किमका उपाध्यक्ष महेन्द्र तामाङले पनि सम्बोधन गर्दै सबैजना आफ्नो जन्म भुमिको ऋण तिर्न र जातिको चिन्हारी सुरक्षाको निम्ति मतदान गर्न जानुपर्ने आह्वान गर्दै उनले भारी बहुमतले राजु विष्टले चुनाउमा जित्ने प्रतिबद्धता जाहेर गरे।
अर्कोतिर गोजमुमो महासचिव सकुल राईले पनि आफ्नो कुरा राख्दै जनताले यसपाली केवल कुनै व्यक्तिलाई हेरेर होइन तर पाहाड़मा गोर्खा जातिमाथि भएको अन्याय अत्याचार र जातिघातिहरूको कारण जनताले पाएको दुःख दर्दलाई सम्झना गरेर कमलको फुलको चिन्हमा मतदान गरेर जातिको अस्तित्व बचाउनु पर्न बताए।
यसैगरि गोजमुमो सिक्किमका सल्लाहकार रमेश सिंहले पनि अहिलेसम्म सिक्किममा कार्यरत गोर्खालीहरूलाई समेत गाउँमा गोजमुमो र गोर्खाल्याण्डको समर्थन गरेकोमा घर जान नसक्ने स्थिति सिर्जना गरेको तथा पुलिस बलको भय देखाएर पाहाड़मा शासन गरिरहेकाहरूलाई जवाफ दिन पनि योपालीको चुनाउमा भाजपाले जित्नु अनिवार्य रहेको बताए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *