जताततै मानिसहरु सेल्फीमा ब्यस्त छ्न,

जताततै मानिसहरु सेल्फीमा ब्यस्त छ्न,

ram naam satya

    ——  युवराज संग्राैला

 

जताततै मानिसहरु सेल्फीमा ब्यस्त छ्न,
जताततै मानिसहरु कुराकाट्न ब्यस्त छ्न,
जताततै मानिसहरु असललाइ पछारेर,
आफू नेताहुन ब्यस्त छ्न।
सिर्जना र निर्माण कुन चराका नाम हुन?
सबै मानिस केबल भत्काउन ब्यस्त छ्न।
सडकहरू मृत्युका धराप बनेका छ्न,
नेताहरु हबाइजहाजमा उड्छ्न,
खाल्डै खाल्डामा बुरुक बुरुक उफ्रीने बसमा,
आमाहरु बच्चा तुहाउन बाध्य छ्न,
तर सिंहदरबारमा भत्ताको खेती मौलाएको छ।
मास्टरहरु घाम ताप्दै बाघचाल खेल्न मस्त छ्न,
देशभरि खुलेका स्थानीय सरकारका दुकान,
तेल र डोजर दिएर पहाड भत्काउन ब्यस्त छ्न,
बिचौलियाहरु सस्तोमा किसानका तरकारी हडप्न ब्यस्त छन,
नेताहरू आसेपासेलाइ जनताका प्रतिनिधि बनाउन ब्यस्त छ्न,
विद्वानहरु कुहिरेसङ्ग भलाकुसारि गर्न ब्यस्त छ्न,
बाल्बालिका कार्टुन हेरेर हिन्दि सिक्दैछ्न,
हाउसवाइफहरु नागिनको मजालिन ब्यस्त छन।
यो हो मेरो अहिलेको देश।
फोहर पानीले भिजेको,
अलकत्र पोतिएको,
एशिड छ्यापिएको,
अनि कोठाभित्र थुनेर भालाले घोचिएको।
समस्याको समाधान धेरैले खोज्दै छ्न।
कोहि जेनोसाइडको चित्र कोर्दै छ्न,
कोहि नाजीजमको वकालत गर्दै छ्न,
कोहि राजा खोज्दै छ्न
कोहि धर्म खोज्दै छ्न
कोहि जाती खोज्दै छ्न।
बिकास र गरिब त सबैले छोडी सके।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *