च्याङ्सुमा चिनियाँ कलाकारको नेपाली चित्रकला प्रदर्शनी

ram naam satya
(GMT+08:00) 2017-11-28 15:36:24

नेपालको वस्तुस्थिति उतारेर एक चिनियाँ चित्रकारले कोरेका चित्रहरूको प्रदर्शनी चीनको च्याङ्सु प्रान्तस्थित छाङचौ महानगरमा शनिवारदेखि पाँच दिने प्रदर्शनी चलिरहेको छ।

नेपालमा चार वर्ष बिताएर फर्किएका कलाकार लिउ फिङ्ग छिउका नेपाल भावार्थ बोकेका चित्रहरूको पाँचदिने प्रदर्शनी बुधबार सकिनेछ। नेपालको ऐना अर्थात् मिरर अफ नेपाल विषयक चित्रकला प्रदर्शनीमा कलाकार लिउका ९० वटा चित्रकला समेटिएको साइनो नेपाल मिडिया सोसाइटीका अध्यक्ष ध्रुव पौडेलले जानकारी दिनुभयो।

सूर्योदयको मुहार, नेपालीको दैनिकी, पर्वतको फेदी लगायत भावार्थ समेटिएका चित्रकलामा नेपालको झलक देख्न सकिन्छ। सुन्दर चित्रले नेपालप्रति चिनियाँ पर्यटकको धारणामा सकारात्मक प्रभाव पार्ने सहभागीहरूले बताए। चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले कलाकृतिले चिनियाँमाझ नेपालबारेको बुझाइ गहन पार्दै दुई देशबीचको जनस्तरीय सम्बन्ध पनि बलियो पार्ने सन्देश पठाउनुभयो। कलाकार लिउले नेपालको वास्तविक रहनसहन, प्राकृतिक सुन्दरता तथा सांस्कृतिक विविधतालाई चित्रमा उतार्न प्रयास गरेको सुनाउनुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *