

चौथो विश्व इन्टरनेट सम्मेलन डिसेम्बर तीन तारिखदेखि पाँच तारिखसम्म चीनको चच्याङ्ग प्रान्तको उ चन सहरमा आयोजना हुने भएको छ। सम्मेलनको शीर्षक ‘डिजिटल अर्थतन्त्रको विकास, खुलापन र संयुक्त उपभोगको प्रवर्द्धन—-हातमा हात मिलाउँदै इन्टरनेट भाग्यको एकरुपता स्थापना’ भन्ने रहेको छ। हालै सम्मेलनका विभिन्न तयारी कार्य पूरा भएको छ।
सन्1994मा इन्टरनेट जोडिएपछि बीसभन्दा बढी वर्षको विकासमा चीन अहिले इन्टरनेटको ठूलो मुलुक बनेको छ। चीनको राज्य परिषद्को सूचना कार्यालयद्वारा नोभेम्बर सोह्र तारिख आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय इन्टरनेट मामिला कार्यालयका उपप्रमुख रन स्यान ल्याङ्गले चीनको इन्टरनेटको विकासमा डिजिटल अर्थतन्त्र एउटा सबैभन्दा महत्वपूर्ण भाग बनेको बताउनुभयो।

चौथो विश्व इन्टरनेट सम्मेलनको उद्धाटन समारोह मञ्च, विश्व इन्टरनेट क्षेत्रमा सबैभन्दा अत्याधुनिक प्राविधिक उपलब्धी सार्वजनिक सम्मेलन यी मुख्य गतिविधि वाहेक, डिजिटल अर्थतन्त्र, पछिल्लो प्रविधि, इन्टरनेट तथा समाज, इन्टरनेट शासन आदि विषयबारे बीसभन्दा बढी शाखा मञ्च पनि व्यवस्थापन गरिएको छ।
