चुनाउ आयोगले सिक्किमको चुनावी घटनाहरूलाई गम्भीरतासित लिनुपर्छ: डीबी चौहान

चुनाउ आयोगले सिक्किमको चुनावी घटनाहरूलाई गम्भीरतासित लिनुपर्छ: डीबी चौहान

ram naam satya

गान्तोक, 17 अप्रेल । सिक्किममा भर्खरै सम्पन्न भएको चुनाउपछि देखिएको विभिन्न अनियमितताहरूलाई भारतीय जनता पार्टी सिक्किम एकाईले चुनाव विभागको असक्षमता र तयारीको कमी भन्दै औल्याएको छ। भाजपाको राज्य अध्यक्ष डीबी चौहानले पत्रकार सम्मेलन आयोजन गरेर चुनाउ सकिएपछि ईभीएमको ओसार प्रसारमा देखिएको अनियमितता साथै चुनाउको समय भोटिङ मशीन घरि घरि बिग्रिनु जस्तो समस्याले चुनाउ विभाग पूर्ण रूपमा तयार नरहेको स्पष्ट भएको दाबी गरेको छ।
अध्यक्ष चौहानले सिक्किममा हुने भावी चुनाउहरूको निम्ति पनि ध्यानमा राखेर चुनाउ विभागले विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको 17औं पटक चुनाउ गराइसकेको गरिमामय चुनाउ आयोगले आफ्नो गौरवशाली पहललाई खराब गर्नु नहुने सुझाउ दिए। सिक्किममा चुनाउपछि भइरहेको अवैध सर्वेक्षण तथा मतपेटीहरूको गलत प्रचार प्रसारलाई गम्भीरतासित लिएर चुनाउ विभागले यस्ता क्रियाकलापहरूमाथि तुरून्तै कार्यवाही गर्नुपर्ने माग राखे। अर्कोतिर, चुनाउ प्रचारको समय मुख्यमन्त्रीले चुनाउ आचार संहिताको उल्लंघन गर्दै भडकाउ भाषण गरेको कुरालाई अहिलेसम्म चुनाउ विभागले कुनै संज्ञानमा नलिएको भन्दै यसबारे तुरून्तै कार्यवाही गर्नुपर्ने माग राखे। पुन: मतदान हुने पर्ने विषयको उठान भइरहेको बारे भाजपा यसको पक्षमा नरहेको बताउॅंदै सरकारमा बस्नेले नै चुनाउमा गडबड गर्छ भने आधार नरहेको हुनाले जनताले चयन गरेको नेताको निम्ति मतदान सिक्किममा पनि सुरक्षित रहेको भाजपालाई विश्वास भएको बताउॅंदै जनताले पनि चुनाउ आयोगको कार्यमा भने शंका गर्ने ठाउॅं नरहेको बताए।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *