चीन विश्व व्यापारको स्थिर शक्ति

ram naam satya

चीनको अखिल भन्सार ब्युरोले अप्रिल बाह्र तारिख चालु वर्षको पहिलो त्रैमासिक वैदेशिक व्यापारिक आयत-निर्यात तथ्याङ्क सार्वजनिक गरेको छ। सो तथ्याङ्क अनुसार, चीनको वैदेशिक व्यापारिक आयात-निर्यात कूल मात्रा सत्तरी खर्ब दश अर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा 3.7 प्रतिशतले बढेको छ। वर्तमान व्यापारिक स्थिति तनावपूर्ण रहँदै आएको र विश्व व्यापार बृद्धि सुस्त भएको अवस्थामा चीनको यस्तो वैदेशिक व्यापारिक उपलब्धि हासिल भएबाट चीनको अर्थतन्त्रमा ठूलो लचिलापन र ठूलो विकास संभावना देखिएको छ।

हाल अन्तर्राष्ट्रिय व्यापारिक अवस्था अनिश्चित हुँदै विश्वको दोस्रो ठूलो आर्थिक समूहको रुपमा रहेको चीनको वैदेशिक व्यापारको स्थिर बृद्धि कायम भएबाट सक्रिय संकेत देखिएको छ। यस्तो अवस्थाले चीनले विश्व व्यापारलाई विश्वास प्रदान गरेको पुष्टि हुन्छ। यही अप्रिल अन्तिम साता दोस्रो वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च पैचिङमा आयोजना हुँदैछ। साथै दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो यही वर्षको अन्तमा आयोजना हुनेछ। यी गतिविधिले विश्व व्यापारको विकासमा अझ ठूलो अवसर प्रदान गर्नेछन् र विश्व व्यापारमा स्थिरता पनि हुनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *