चीन र बंगलादेश बीच प्रहरी सहकार्यको प्रवर्द्धन

ram naam satya

बंगलादेशका गृह मन्त्री असादुजामान खानले अप्रिल १८ तारिख चीन भ्रमण सम्पन्न गरी ढाका फर्कनुभएको छ। ढाका हज्राट शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा सीआरआईका सम्बादातासँग कुराकानी गर्दै आफ्नो चीन भ्रमण सफल भएको र आपसी वार्ता फलदायी भएको उहाँल बताउनुभएको छ।

उहाँका अनुसार, चीनका सार्वजनिक सुरक्षा मन्त्री चाउ खचसँगको वार्तामा गत अक्टोबरमा सम्पन्न चीन-बंगलादेश सम्झौताको कार्यान्वयनलाई तीब्र पार्ने सम्बन्धमा छलफल भएको छ। साथै आपसी सहयोग तथा मित्रतालाई सबल पार्ने विविध विषयबारे पनि चर्चा गरिएको छ। दुवै देशका मन्त्रीस्तरीय नियमित वार्ता स्थापना गर्ने आशा पनि गृह मन्त्री खानले व्यक्त गर्नुभएको छ।

अप्रिल १७ तारिख चीनका सार्वजनिक सुरक्षा मन्त्री चाउ र बंगलादेशी गृह मन्त्री खानले पैचिङ तथा ढाका नगरपालिका प्रहरी व्यूरो बीच सहयोग समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा भाग लिनुभएको थियो। भविष्यमा चीन-बंगलादेश मैत्रीपूर्ण सम्बन्ध अझ घनिष्ट हुँदै दुई देशको हितको संयुक्त संरक्षण गर्ने विश्वास पनि गृह मन्त्री खानले व्यक्त गर्नुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *