चीन र फ्रान्स रणनैतिक साझेदारी सम्बन्ध बढाउन सहमत

ram naam satya
चीनका राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोनले आठ तारिखदेखि चीनको राजकीय भ्रमण गर्नुभएको छ। म्याक्रोन सन् 2018 चीनको भ्रमण गर्नुभएका पहिलो विदेशी राष्ट्रनायक हुनुहुन्छ र चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशनपछि चीनको भ्रमण गर्ने पहिलो यूरोपेली मुलुकका राष्ट्रनायक पनि हुनुहुन्छ। आठ तारिख बेलुकी भेटघाटपछि राष्ट्राध्यक्ष सीले नौ तारिख म्याक्रोनसँग भेटवार्ता गर्नुभयो। दुई मुलुकका राष्ट्रनायकहरूले मैत्रीपूर्ण परम्परालाई निरन्तर रुपमा कायम राख्ने, चीन र फ्रान्सको घनिष्ठ र दीर्घकालीन चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई अगाडि बढाउन स्वीकर गर्नुभएको छ।

सीले नयाँ युगमा चीन र फ्रान्सको सम्बन्धको अझै राम्रो र तीव्र विकासलाई अगाडि बढाउनका लागि दुई पक्षले घनिष्ठ र गहिरो आदान-प्रदान गर्नुपर्ने कुरा बताउनुभयो। साथै सीले दुई पक्षले “बेल्ट एण्ड रोड” प्रारुपमा व्यहारिक सहयोग गर्नुपर्ने, एशिया र यूरोपको समृद्धिलाई संयुक्त रुपमा अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो।

म्याक्रोनले फ्रान्सले “बेल्ट एण्ड रोड”प्रारुपमा दुई मुलुकको सहयोगलाई बढाउन महत्व दिएको, यस पटकको भ्रमणमार्फत दुई पक्षले सम्पर्क र वार्ताको स्थापना गर्ने, दुई मुलुकको सहयोगलाई सबल पार्ने, शिक्षा र सँस्कृति क्षेत्रको आदान-प्रदानलाई बढाउने आशा व्यक्त गर्नुभयो।

भेटवार्तापछि उहाँहरूले आणविक ऊर्जा, अन्तरिक्ष प्रविधि, वातावरणीय संरक्षण, कृषिआदि क्षेत्रहरूका द्विपक्षीय सहयोगात्मक दस्तावेज हस्ताक्षर समारोहमा साक्षी बस्नुभयो।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *