

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ श्वाङले सत्ताईस तारिख पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा एमेर्सन मनान्गाग्वा औपचारिक रुपमा जिम्बावेका तेस्रो राष्ट्रपति निर्वाचित हुनुभएकोमा चीनले शुभकामना व्यक्त गरेको बताउनुभयो। उहाँको नेतृत्वमा जिम्बावेको राष्ट्रिय निर्माण कार्यमा अझ ठूलो उपलब्धि प्राप्त हुनसक्ने विश्वास व्यक्त गर्दै प्रवक्ता कङले जिम्बावेसँगै मिलेर निरन्तर रुपमा दुवै देश बीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई विकसित पार्दैजान चीन इच्छुक रहेको औंल्याउनुभएको छ।
जानकारी अनुसार, जिम्बावेका नव निर्वाचित राष्ट्रपति मनान्गाग्वाले गत नोभेम्बर चौब्बीस तारिख औपचारिक रुपमा जिम्बावेको तेस्रो राष्ट्रपति नियुक्त हुने शपथग्रहण समारोहमा सम्बोधन पनि गर्नुभएको थियो। आफ्नो सम्बोधनमा राष्ट्रपति मनान्गाग्वाले सक्रियताका साथ अन्तर्राष्ट्रिय मामिलामा संलग्न हुनुका साथै पूर्ण रुपमा विभिन्न पक्षसँगको सम्बन्धलाई विकसित पार्दैजाने वचन-बद्धता गर्नुभएको थियो।
