

हिजोआज अमेरिकाले अनुचित तथा बारम्बार रुपमा व्यापारिक उद्धार कदम चाल्दै आएको छ। विशेष गरी अमेरिकाले बारम्बार चीनले निर्यात गरेका मालसामानहरुमाथि “एन्टी डभिङ तथा एन्टी सपसिटी”सम्बन्धी छानबीन गरेको छ। जसबाट विभिन्न पक्षको आकर्षण भएको छ। कयौँ विज्ञहरुले हिजो फेब्रअरी अठाइस तारिख पैचिङमा बोल्दै चीन र अमेरिका बीच चौतर्फी रुपमा व्यापारिक लडाईं हुनसक्ने सम्भावना कम भएतापनि केही क्षेत्रमा भएको सीमित भिडन्त हुनसक्ने विचार व्यक्त गर्नुभयो।
अमेरिकामा व्यापारिक संरक्षणवाद देखापरेको छ। अमेरिकाले विभिन्न प्रतिवेदनमा चीनबाट ल्याइएको त्रास-धम्कीको जोडतोडसँग प्रचार-प्रसार गर्नुका साथै चीनद्वारा निर्यात गरिएको वाशिङ मेशिन लगायत मालसामानहरुमाथि ठूलो रकमको”एन्टी डभिङ तथा एन्टी सपसिटी”कर उठाएको छ।

फेब्रअरी अठाइस तारिख चीनका धेरै विज्ञनहरुले चीन तथा अमेरिकाले आपसी विभिन्नतालाई पन्छाएर समानता खोज्नुपर्ने तथा विकासबाट ल्याइने फाइदाको उपभोग गर्नुपर्ने कुरा प्रकट गर्नुभयो। चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक आदान-प्रदान केन्द्रका चिफ अर्थशास्त्री छन् वन लिङले चीन र अमेरिकाले द्वीपक्षीय लगानी सम्झौता सम्बन्धी वार्ताको पुन:आयोजनाबारे सोच-विचार गर्नुपर्ने तथा स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्नेतर्फ प्रयास गर्नुपर्ने ठहर गर्नुभयो।
