

(GMT+08:00) 2017-11-26 16:27:17
हंगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोर र रुसी प्रधानमन्त्री दमित्री मेदभेदेभको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली ख छ्याङले ती मुलुकहरूको भ्रमण शुरू गर्नुभएको छ।

छब्बीस तारिख विहान प्रधानमन्त्री ली विशेष विमानद्वारा पैचिङबाट हंगेरीको बुडापेस्टतर्फ प्रस्थान गर्नुभयो। त्यहाँ आयोजना हुने चीन-मध्य युरोप छैठौँ शिखर वार्तामा भाग लिनुका साथै प्रधानमन्त्री लीले हंगेरीको औपचारिक भ्रमण पनि गर्नुहुनेछ।

त्यसपछि उहाँ रुसको सोचीमा आयोजना हुने शाङहाइ सहयोग संगठनका शिखर परिषदको सोह्रौँ सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम छ।
