चीन-पानामा व्यावसायी मञ्च पैचिङमा

ram naam satya
(GMT+08:00) 2017-11-20 14:10:27

गणतन्त्र पानामाका राष्ट्रपति जुआन कार्लोस भारेलाले यस हप्ता चीनको भ्रमण गर्दै यस वर्षको जुन महिनामा चीन र पानामा बीचको दौत्य सम्बन्ध कायम भएयता पहिलो चीनको यात्रा गर्नुभएको छ। चीन-पानामा व्यवसायी मञ्च नोभेम्बर अठार तारिख राति पैचिङमा बसेको छ। चीन र पानामा दुवै देशका सरकारी पदाधिकारी, वाणिज्य संघका जिम्मेवार व्यक्ति र व्यवसायी प्रतिनिधिहरू गरी चार सयभन्दा बढी त्यस मञ्चमा सहभागी भएका छन्। उनीहरूले आगामी दिनहरूमा चीन तथा पानामा बीच आधारभूत प्रबन्ध आदि क्षेत्रमा रहेका सहकार्यको निरन्तर रुपमा विस्तार हुँदैजाने विश्वास व्यक्त गरेका छन्।

पानामाका राष्ट्रपति भारेलाले मञ्चलाई सम्बोधन गर्दै पानामा र चीन बीचको दौत्य सम्बन्ध कायम भएको कुराबाट दुवै देशबीच सम्बन्धको नयाँ अध्याय खोलिएको औंल्याउनुभएको छ।

उक्त मञ्चमा चीनका उप वाणिज्य मन्त्री यु चेन ह्वाले पानामा गएर लगानी लगाउने चिनियाँ व्यवसायको उत्साह दिन प्रतिदिन बढ्दैगएको जानकारी पनि दिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *