चीन दृढताका साथ चिनियाँ विशेषतायुक्त मानव अधिकारको बाटोमा डट्दै

ram naam satya
(GMT+08:00) 2017-12-07 17:58:47

चीनका परराष्ट्र मन्त्री वाङ यीले आज डिसेम्बर सात तारिख पहिलो दक्षिण-दक्षिण मानव अधिकार मञ्चको उद्धाटन समारोहमा सहभागी हुँदै सम्बोधन गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

आफ्नो सम्बोधनमा मन्त्री वाङले नयाँ चीनको स्थापनादेखि चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताले मानव जातिको इतिहासमा आश्चर्यजनक विकासको सिर्जना गर्नुका साथै पूर्वी जगतको आधुनिक बाटो पनि खोलेको कुरा औँल्याउनुभएको छ।

चीनको मानव अधिकार कार्यमा उल्लेखनीय उपलब्धि प्राप्त भएको मुख्य कारण चिनियाँ जनता दृढताका साथ चिनियाँ विशेषतायुक्त मानव अधिकार विकास हुने बाटोमा डट्दै आएको कुरामा उहाँ जोड दिनुभएको छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *