चीन “दुई अधिवेशन”मा प्रवेश

ram naam satya

चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलनको तेह्रौं राष्ट्रिय समितिको पहिलो अधिवेशन मार्च तीन तारिख दिउँसो पैचिङमा शुरु भएको छ। औपचारिक रुपमा विश्वको ध्यानाकर्षण भएको चिनियाँ “दुई अधिवेशन”मा चीन प्रवेश गरेको छ। यु चङ शङले जन राजनीतिक परामर्शदातृ सम्मेलनको बाह्रौं स्थायी समितिको तर्फबाट कार्य-प्रतिवेदन पेश गर्नु भएको छ।

यो वर्ष चीनमा सुधार र खुलापन लागू भएको चालीसौं वार्षिकोत्सव हुनुका साथै सम्पूर्ण रुपमा सम्पन्न समाज निर्माण गर्ने महत्वपूर्ण वर्ष पनि हो। यु चङ शङका अनुसार, जन राजनीतिक परामर्शदातृ सम्मेलनले नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी सी चिन फिङ विचारधारालाई एकीकृत पार्ने महा-कार्यक्रमको रुपमा बनाएर निष्ठापूर्वक राजनीतिक विचार-विमर्श गर्ने, प्रजातान्त्रिक रुपमा निगरानी गर्ने र राजनीतिक मामिलामा सहभागी हुने र छलफल गर्ने कार्य-क्षमताको कार्यान्वयन गरेर सम्पूर्ण रुपमा समाजवादी आधुनिक मुलुकको निर्माण गर्ने नयाँ प्रक्रियाका लागि राय-सुझाव प्रस्तुत गर्ने छ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *