चीन आफ्नै गतिमा वित्तीय खुलापन अँगाल्दै

ram naam satya

चीनको बैंकिङ तथा बिमा नियामक आयोगका अध्यक्ष क्वो शु छिङले हालै जानकारी दिनुभएअनुसार, हाल चीनले बाह्र बुँदे नयाँ कदम चालेर बैंकिङ् उद्योग र बिमा उद्योगको वैदेशिक खुलापनलाई अरु विस्तृत गर्नेछ। ती कदममा चीनमा विदेशी कर्पोरेट बैङ्क खोल्ने, ट्रष्ट कम्पनीमा शेयरहोल्डिङ गर्ने, जीवनबीमा कम्पनी चलाउने आदि वैदेशिक वित्तीय संस्थाको कूल सम्पत्तिको पहुँच आवश्यकतालाई हटाउने, चिनियाँ तथा विदेशी लगानीले उपभोग वित्त कम्पनिको स्थापना गर्ने पहुँच नीति सजिलो बनाउने, विदेशी बैङ्कले आरएमबी व्यवसाय स्थापना गर्ने अनुमोदनलाई हटाउने आदि समावेश छन्।

गत वर्षको अप्रिलमा निकालिएको चीनको बैंकिङ तथा बिमा उद्योगको १५ बुँदे खुलापन नीति संचालनमा आएपछि चीनले अर्को चरण गरी वित्तीय वैदेशिक खुलापनको नीति सार्वजनिक गरेको हो। जसबाट चीनको बैंकिङ् उद्योग र बिमा उद्योगको खुला मात्रा र बजारीकरण स्तरलाई अरु उकास्ने, चीनको वित्तीय क्षेत्रको व्यापारिक वातावरण सुधार गर्ने, चीनको वित्तीय उद्योगको विकासमा विदेशी लगानीको जीवन शक्तिलाई प्रेरणा दिने, चीनको वित्तीय उद्योगको प्रतिष्पर्धात्मक, बजार, नवीन सिर्जना, सेवा चेतनामूलक रुपमा प्रवर्द्धन गरिने मानिएको छ।

वित्तीय उद्योग एक देशको आर्थिक विकासको स्थिरता र शक्ति हो। चीनको आर्थिक विकासमा ध्यानाकर्षण भएका मानिसलाई थाहा हुन्छ होला, चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनको प्रतिवेदनले चौतर्फी खुला नयाँ ढाँचाको पूर्णताको नीति अपनाएपश्चात सन् 2018को पोआउ एशिया मञ्चमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले वित्तीय उद्योगलगायत चार वटा वैदेशिक खुलापनसम्बन्धी महत्वपूर्ण कदम घोषणा गर्नुभएको थियो। यस वर्षको चीन सरकार कार्य प्रतिवेदनले वित्त लगायत उद्योगको सुधार तथा खुलापन कदमलाई संचालनमा ल्याउन प्रस्तुत गरेको थियो। चीनको वित्तीय खुलापन निश्चित रणनीतिक योजनाबमोजिम आफ्नो गतिमा स्थीर भएर अघि सरिहन्छ जसबाट वास्तविक अर्थतन्त्रलाई सेवा गर्ने क्षमतालाई बढाइरहनसकिन्छ।

यस पटक चीनले बाह्र बुँदे वित्तीय खुलापनको कदम चाल्नु नै चीनको वित्तीय उद्योगको वैदेशिक सुधार तथा खुलापनसम्बन्धी समस्त ढाँचाको थप सुधार तथा कार्यन्वयन हो साथै चीन आफ्नो आर्थिक तथा वित्तीय विकास नियमको आधारमा गरिएको अर्को सक्रिय गतिविधि पनि हो।

भर्खरै सम्पन्न भएको दोस्रो वेल्ट एन्ड रोडसम्बनधी अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले पाँच वटा अझै खुला कदमको घोषणा गर्नुभयो। तीमध्येको एक भनेको अझ विस्तृत क्षेत्रमा विदेशी पुँजीको पहुँचलाई विस्तार गरी न्यायिक प्रतिश्पर्धात्मक र खुला सहयोगको आधारमा आन्तरिक आपूर्ति-पक्षको रचनात्मक सुधारलाई बढाएर पिछडिएको र अतिरिक्त क्षमताको प्रभावकारी रुपमा उन्मूलन गर्ने अनि आपूर्ति प्रणालीको गुणस्तर र प्रभावकारितालाई बढाउने हो। वास्तवमा वित्तीय उद्योग प्रतिश्पर्धात्मक सेवा उद्योग हो। वैदेशिक खुलापन बढाएर अन्तर्राष्ट्रिय बजारको प्रतिश्पर्धामा संलग्न भएबाट वास्तविक अर्थतन्त्रलाई अझ राम्रोसँग सेवा प्रदान गर्नसकिन्छ। चीन आन्तरिक वित्तीय संस्थाको लागि यो ऐतिहासिक मौका हो साथै चीन आउनलागेका विदेशी वित्तीय संस्थाको लागि पनि।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *