चीन-अमेरिकी सेनाबीच मानवीय उद्धार र प्रकोप निवारण अभ्यास शुरु

ram naam satya
(GMT+08:00) 2017-11-18 14:48:49

तीन दिनसम्म चलेको गोष्ठी सम्पन्न भएपछि चीन र अमेरिका दुवै सेना बीचको मानवीय उद्धार तथा प्रकोप निवारण निर्देशनालयको सैन्य अभ्यास नोभेम्बर सोह्र तारिख बिहानदेखि अमेरिकी ओरेगन राज्यस्थित राष्ट्रिय रक्षा फौजको लालिये सैनिक क्याम्पमा शुरु भएको छ।

उक्त सैनिक अभ्यासको उद्धाटन समारोह बिहानै आठ बजेतिर चीन र अमेरिका दुवै देशका राष्ट्रिय गानको धूनबाट शुरु भएको थियो। दुवै पक्षले सँगसँगै सन् 2016 चीनको खुन मिङ शहरमा आयोजित चीन-अमेरिका दुवै सेनाबीच मानवीय उद्धार र प्रकोप निवारण सम्बन्धी संयुक्त सैन्य अभ्यासको भिडियो हेरेका छन्।

चिनियाँ पक्षका निर्देशक अर्थात् स्थल सेनाको 75 औँ फौजका उप सेनापति जनरल ह्वाङ थाउ यी र अमेरिकी पक्षका निर्देशक अर्थात् अमेरिकी प्रशान्त महासागरीय स्थल सेनाको उप सेनापति जनरल सुसान डेभिड्सनले बेग्ला बेग्लैगरी उद्धाटन समारोहलाई सम्बोधन गर्नुभयो।

चीन र अमेरिका दुवै सेनाले जम्मा दुई सय जनाभन्दा बढीलाई यस पटकको सैन्य अभ्यासमा पठाएका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *