चीन-अमेरिका विद्वत् वार्ता पैचिङमा

ram naam satya

चीन-अमेरिका विद्वान वार्ता सम्मेलन तीन र चार तारिख पैचिङमा आयोजना भएको छ। सो अवसरमा दुई देशका नामी विद्वानहरूले विश्व र क्षेत्रीय परिस्थिति तथा द्विपक्षीय आर्थिक तथा व्यापारिक र प्राविधिक सम्बन्धको विकास, द्विपक्षीय सुरक्षा क्षेत्रको नियन्त्रण प्रणाली, अन्तर्राष्ट्रिय व्यवस्थापन, बहु-पक्षीय प्रणाली, विश्व प्रशासन आदि विषयबारे वैचारिक आदान-प्रदान गरेका छन्। विद्वानहरूको विचारमा चीन-अमेरिका सम्बन्ध वर्तमान विश्वमा सबभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्ध मध्येको एक हो र दुई देशले सहयोगलाई बढाएर मतभेदको नियन्त्रण गर्नुपर्छ।

सो सम्मेलन चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठान र अमेरिका येल विश्वविद्यालयको छाइचुङचङ चीन अध्ययन केन्द्रले मिलेर आयोजना गरेका हुन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *