

चीनका विज्ञान तथा प्रविधि मन्त्री वाङ काङले दश तारिख अमेरिकी व्यवसायहरुलाई चीन भ्रमणका लागि स्वागत गर्दै इलेक्ट्रिक कार लगायत धेरै कुरामा सहयोग हुनसक्ने भएबाट चीन-अमेरिका प्राविधिक सिर्जना सहयोग कुनै अवरोध नरहेको प्रस्ट पार्नुभएको छ।
दश तारिख तेह्रौं राष्ट्रिय जनकांग्रेसको पहिलो अधिवेशनको पत्रकार सम्मेलनमा केही पत्रकारले चीन-अमेरिका इलेक्ट्रिक कारको सहयोगबारे सोधेको प्रश्नमा मन्त्री वाङले यस्तो जानकारी दिनुभएको हो। उहाँले चीन र अमेरिकाबीच इलेक्ट्रिक कार सहयोगमा धेरै घनिष्टता रहेको बताउँदै अमेरिकी ऊर्जा श्रोत मन्त्रालयसँग एउटा संयुक्त अध्ययन केन्द्र पनि रहेको जानकारी दिनुभयो।

गत वर्ष चीनको इलेक्ट्रिक कार, नयाँ किसिमको ऊर्जा श्रोत कारको विक्री मात्रा सात लाख सत्तरी हजार पुगेको थियो।
