चीन-अमेरिका आर्थिक वार्तामा चीनको सदिच्छा

ram naam satya

आपसी सम्मान, समानता तथा हित नै सम्झौता सम्पन्न हुनुको पूर्वाधार र आधार हो। भन्सार कर असुल्ने कार्यबाट जुसुकै समस्याको पनि समाधान हुन सक्दैन। चीनले अन्तर्विरोधको सामना गर्दै चीन-अमेरिका आर्थिक वार्तामा सदिच्छा देखाउँदै जाने छ। उक्त कुरा चीन-अमेरिका आर्थिक वार्ताका लागि चीनका उप प्रधानमन्त्री लिउ ह अमेरिका वार्तामा जाने सम्बन्धमा चर्चा गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ स्वाङले भन्नुभएको हो।

प्राप्त जानकारी अनुसार, अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटथाइजर र अर्थ मन्त्री स्टिभन म्नुचिनको निमन्त्रणामा चीनका उप प्रधानमन्त्री एवं चीन-अमेरिका आर्थिक वार्ताका चिनियाँ प्रमुख लिउ हले यही मे ९ देखि १०सम्म अमेरिकाको भ्रमण गर्नु भई आर्थिक व्यापारिक समस्या सम्बन्धमा एघारौँ वार्तामा भाग लिनुहुनेछ।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *