चीन-अफगानिस्तान-पाकिस्तान विदेशमन्त्रीस्तरीय पहिलो वार्ता पैचिङमा

ram naam satya
आज डिसेम्बर २६ तारिख पहिलो चीन-अफगानिस्तान-पाकिस्तान विदेश मन्त्रीस्तरीय वार्ता पैचिङमा आयोजित भयो। यस पटकको वार्तामा तीन मुलुकका विदेश मन्त्रीले “आपसी राजनीतिक विश्वास तथा मेलमिलाप”,”विकास,सहयोग तथा सम्पर्क”,”सुरक्षा सहयोग तथा आतंकवादको प्रतिरोध”लगायत तीन विषयबारे वैचारिक आदान प्रदान गरी कतिपय मतैक्यता हासिल गरेका छन्। चिनियाँ परराष्ट्र मन्त्री वाङ यीले चीन,अफगानिस्तान र पाकिस्तान एक अर्काका लागि महत्वपूर्ण छिमेकी मुलुक भएको बताउँदै आपसी आदान-प्रदान तथा सहयोगलाई गहन पार्नु नै तीन मुलुकको साझा अभिलाषा तथा हित अनुकूल रहेको विचार व्यक्त गर्नुभयो।

वार्तामा तीन पक्षले अफगानिस्तानको राजनीतिक मेलमिलाप प्रक्रियाबारे सहमति जनाएका छन्। यसका साथै अफगानिस्तान तथा पाकिस्तानका विदेश मन्त्रीले अफगानिस्तान तथा पाकिस्तानको विकासका लागि चीनले गरेको प्रयासको उच्च प्रशंसा गरेका छन्। यसैगरी तीन पक्षले “पहिलो चीन-अफगानिस्तान-पाकिस्तान विदेश मन्त्रीस्तरीय वार्ता सम्मेलनको संयुक्त विज्ञप्ति”पनि जारी गरेका छन्।

Leave a Comment

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *